काठमाडौं, ६ चैत्र । सुर्खेतकी इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको घट्नामा आजपनि माइतीघरमा अधिकारकर्मीहरुले प्रदर्शन गरेका छन् । यस घटनामा संलग्न दोषीलाई कानुनी कारबाहीको माग गर्दै पछिल्लो दुई सातादेखि प्रदर्शन हुँदै आएकोमा आज पनि प्रदर्शन गरिएको छ ।
आजमात्रै इनिसाका दाजुले रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा न्यायको लागि आवाज उठाएका थिए । उनले अनुसन्धानमा ढिलासुस्ती भएको भन्दै सरकारको ध्यानाकार्षण गराएका थिए । तस्विर : विजय रेग्मी/फेशबुक





प्रतिक्रिया