नेविसंघको सिनेट बैठकमा विद्यार्थी संगठनको कार्यगत स्वायत्तता एजेन्डा पारित गर्ने तयारी


काठमाडौं, ६ चैत्र । नेपाल विद्यार्थी संघको आज चलिरहेको सिनेट बैठकमा विद्यार्थी संगठनको कार्यगत स्वायत्ततासम्बन्धी एजेन्डा पारित गर्ने तयारी भइरहेको छ। विभुवन विश्वविद्यालयको स्मृति सभा हलमा जारी बैठकमा सिनेट सदस्यहरूले विद्यार्थी संगठनको आन्तरिक निर्णय प्रक्रिया र स्वतन्त्रता सुनिश्चित गर्ने विषयमा छलफल गरिरहेका छन्।

यो पारित भएमा उक्त एजेन्डाले विद्यार्थी संगठनलाई आफ्नै नियम, विधान र निर्णय प्रक्रियाअनुसार सञ्चालन गर्ने अधिकार कानुनी रूपमा पुष्टि गर्नेछ। यसले संगठनभित्र पारदर्शिता, जवाफदेहिता र जिम्मेवारी सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। सिनेट बैठकमा सहभागी सदस्यहरूले विद्यार्थी नेतृत्व र विद्यार्थी अधिकारको संरक्षणका लागि यस कदमलाई महत्वपूर्ण मानिरहेका छन्।

आजको सिनेटमा नेविसंघको संशोधित एवम् परिमार्जित विधान र नियमावली सम्बन्धमा पनि छलफल हुनेछ । यस्तै, संघको १२औं महाधिवेशनको कार्यतालिकाको विषयमा पनि छलफल हुँदैछ । जेनजी विद्रोहको सन्देश, भावना र मर्मलाई संस्थागत गरिने संघका अध्यक्ष दुजाङ शेर्पाको भनाई छ ।