काठमाडौं, ६ चैत्र । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सभापति गगनकुमार थापाको राजीनामा अस्वीकार गर्ने प्रस्ताव पेश भएको छ । २१ फागुनको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि सभापति थापाले पदबाट राजीनामा दिएका छन् । तर, अधिकांश नेताहरुले थापाले विषम परिस्थितिमा पार्टीको नेतृत्वबाट विदा लिन नहुने मत राखेका छन् ।
निर्वाचनपछि पहिलोपटक आज बसेको केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गरेका हुन् । आजको बैठकमा सभापतिको राजीनामा अस्विकार गर्ने र प्रतिनिधिभसाको निर्वाचनको समिक्षा गर्नेसमेत गरि दुई वटा प्रस्ताव पेश भएको छ। आजको बैठकको अध्यक्षतापनि उपसभापति शर्माले गरेका छन् । सभापति शर्मा भने बैठकमा सहभागी छैनन् ।




प्रतिक्रिया