आज पनि यी स्थानमा हावाहुरीसहित मुसलधारे वर्षा


काठमाडौं, चैत ७ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रभावका कारण आज पनि मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भूभागमा अधिकांश बादल लागेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभरका अधिकांश स्थानमा बादल लाग्नेछ भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा चट्याङ, असिना, हावाहुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, आज राति देशभर साधरणतया बदली रही कोशी प्रदेश लगायत बाँकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।