काठमाडौं, ७ चैत्र । स्वतन्त्र राजनीतिज्ञ तथा स्वतन्त्र नागरिक समाजका अगुवा ऋषि धमला रौतहट पुगेका छन् । २१ फागुनमा रौतहट–४ बाट उम्मेदवारी दिएका धमला आज विहान रौतहट पुगेका हुन् । उनी हावाहुरीको कारण किसानको अन्नबाली नष्ट भएपछि अवलोकनको लागि पुगेका हुन् । आज उनी चन्द्रपुर–३ पुगेका हुन् ।
हावाहुरीको कारण नष्ट भएको केराबारीको उनले अवलोकन गर्नुको साथै किसानको लागि राहतको पहल गर्ने प्रतिबद्धता जनाएका छन् । केरा फलेर बजार लैजाने बेलामा किसान ठूलो मारमा परेको र करोडौंको क्षति पुगेको भन्दै स्थानीय सरकारलाई राहत उपलब्ध गराउनको लागि पनि दबाब दिने धमलाको भनाई छ ।





प्रतिक्रिया