ऋषि धमला रौतहटमा, वर्तमान राज्य व्यवस्थामा दलित मुक्तिको सवाल विषय अन्तरक्रियामा सरिक


चन्द्रपुर, ७ चैत्र । स्वतन्त्र राजनीतिज्ञ ऋषि धमला रौतहटमा छन् । उनी पछिल्लो समय हावाहुरीको कारण किसानको बालीनाली नष्ट भएको क्षेत्रमा अवलोकनको लागि पुगेका हुन् । सो क्रममा उनी आज चन्द्रपुर नगरपालिका विभिन्न वडामा हावाहुरीले पुर्याएको बालीनालीको क्षतिको अवलोकन गर्न पुगेका थिए ।

उनले किसानलाई तत्काल राहत उपलब्ध गराउनको लागि स्थानीय र प्रदेश सरकारलाई दबाब दिने प्रतिबद्धता व्यक्त गरेका छन् । मकै, केरा खेतीलगायतमा हावाहुरीको कारण ठूलो क्षति पुगेको छ । किसानको खेतमा अवलोकन गरेलगत्तै धमला ६१औं अन्तर्राष्ट्रिय जातिभेद उन्मुल दिवसको सन्दर्भमा आयोजित ‘वर्तमान राज्य व्यवस्थामा दलित मुक्तिको सवाल’ विषयक अतरक्रियामा सरिक भएका छन् । होटल अल्पाईन चपुरमा दलित गैरसरकारी संस्था, रौतहटले आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरु र प्रहरी अधिकारीलगायत वक्ताको रुपमा सहभागी छन् ।