काठमाडौं, ७ चैत्र । नेपाली कम्युनिष्ट पार्टीबाट कारबाहीमा परेका नेता तथा पूर्वमन्त्री हरिबोल गजुरेलले संघर्ष गर्नु प्रगति र विजयको मार्ग भएको बताएका छन् । उनले संघर्षबाट विमुख हुनु पलायन, विघटन र पराजयतर्फको यात्रा भनेका छन् । उनले जहाँ अन्याय र विचलन हुन्छ त्यहाँ दृढतापूर्वक संघर्षमा उत्रिनु नै सही मार्ग हो भनेका छन् ।
उनले लेखेका छन्–
मार्क्सवादमा हजारौं सत्यहरू छन्, तर ती सबैलाई एउटै वाक्यमा समेट्न सकिन्छ— “विद्रोह गर्नु अधिकार हो।” माओको यो महान् शिक्षालाई पुनः स्मरण गर्दै र नेपाली क्रान्तिका प्रत्येक चरणको समीक्षा गर्दै हामीले स्पष्ट निष्कर्ष निकाल्नुपर्छ— “संघर्ष गर्नु प्रगति र विजयको मार्ग हो, र संघर्षबाट विमुख हुनु पलायन, विघटन र पराजयतर्फको यात्रा हो।” यो सटिक भनाइ पार्टीभित्र चलिरहेको संघर्षको सन्दर्भमा मात्र होइन, पार्टी बाहिर चलिरहेका सबै प्रकारका संघर्षहरूमा पनि उत्तिकै लागू हुन्छ। त्यसैले, जहाँ अन्याय र विचलन देखिन्छ, त्यहाँ दृढतापूर्वक संघर्षमा उत्रिनु नै सही मार्ग हो।





प्रतिक्रिया