काठमाडौं, ७ चैत्र । नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिङ्गापुरबाट हङकङ पुगेका छन् । २१ फागुनको निर्वाचनको मुखमा उपचारको लागि सिंगापुर पुगेको देउवा नियमति उपचार सकिएपछि यतिवेला हङकङ पुगेका छन् । सुरुमा देउवा एक्लै सिंगापुर पुगेका थिए । पत्नी डा. आरजु राणा भारत हुँदै सिंगापुर पुगेको खबर थियो ।
अहिले सिंगापुरको उपचार सकेर देउवा दम्पत्ति हङकङ पुगेको उनको सचिवालयले जनाएको छ । हङकङमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकेर देउवा दम्पत्ति नेपाल फर्कने कार्यक्रम तय भएको छ । २१ फागुनको निर्वाचनमा देउवा दम्पत्ति भोट पनि नेपाल आएका थिएनन् । यो निर्वाचनमा कांग्रेसले शर्मनाक हार व्यहोरेको छ । पार्टी भने केन्द्रीय कार्यसमितिको बैठक राखेर समिक्षामा जुटेको छ ।
विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापाले निर्वाचनमा हार व्यहोरेपछि सभापति पदबाट राजीनामा दिएका छन् । यद्धपी उपसभापति विश्वप्रकाश शर्माले बैठकमा सभापति थापाको राजीनामा अस्विकार गर्ने प्रस्ताव पेश गरेका छन् । बैठक भोलिबाट पूनः सुचारु हुनेछ । आज इदको बिदा भएकोले एक दिन बैठक स्थगन् गरिएको हो । file photo




प्रतिक्रिया