काठमाडौं, चैत ८ । अमेरिकाको संघीय अनुसन्धान ब्यूरो (एफबीआई) का पूर्व निर्देशक रोबर्ट म्युलरको निधन भएको छ। सन् २०२१ देखि पार्किन्सन्स रोगको सामना गर्दै आएका म्युलरको ८१ वर्षको उमेरमा शुक्रबार राति मृत्यु भएको हो।
म्युलर अमेरिकी राजनीतिमा रिपब्लिकन र डेमोक्र्याट दुवै दलबाट विश्वास गरिएका व्यक्तिका रूपमा चिनिन्थे। उनलाई सन् २००१ मा तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसले एफबीआई निर्देशकमा नियुक्त गरेका थिए । पछि राष्ट्रपति बाराक ओबामाले पनि उनको कार्यकाल थपेपछि उनले १२ वर्षसम्म आतंकवादविरुद्धको कामलाई बलियो बनाउनेमा केन्द्रित रहेर एफबीआई प्रमुखको रुपमा काम गरेका थिए । म्युलरले भियतनाम युद्धमा भाग लिएका थिए।
म्युलरले राष्ट्रपति डोनाल्ड ट्रम्पको २०१६ को चुनावी अभियान र रुसबीचको सम्भावित सम्बन्धबारे अनुसन्धान गरेका थिए। उनी ट्रम्पको चुनाव अभियान र रूसबीचको सम्भावित सम्बन्धबारे अनुसन्धान गरेका कारण चर्चित थिए। यो अनुसन्धान २२ महिना चलेको थियो। अन्तिम प्रतिवेदनमा ट्रम्प अभियानले रूससँग मिलेर षड्यन्त्र गरेको प्रमाण भेटिएन, तर ट्रम्पले न्याय प्रक्रियामा अवरोध गरेरनगरे भन्ने विषयमा स्पष्ट निष्कर्ष निकालिएको थिएन् । यो अनुसन्धानका क्रममा ट्रम्पसँग सम्बन्धित केही व्यक्तिहरूमाथि मुद्दा चलेका थिए।
ट्रम्पले भने म्युलरको निधनपछि निकै विवादास्पद प्रतिक्रिया दिएका छन्। उनले आफ्नो सामाजिक सञ्जालमा “म खुसी छु कि उनी मरे” भनेर लेखेका थिए, जसले व्यापक आलोचना निम्त्याएको छ । ट्रम्पको यस्तो प्रतिक्रिया आएपछि धेरै राजनीतिज्ञहरूले आलोचना गरेका छन्। पूर्व राष्ट्रपति जर्ज डब्लु बुस र बाराक ओबामाले भने म्युलरको सेवा र योगदानको प्रशंसा गरेका छन्।




प्रतिक्रिया