उल्टाउनै नसक्ने गरी नेपाली राजनीतिको पुस्तान्तरण भयो : भट्टराई


काठमाडौं, चैत ८ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आम निर्वाचनको परिणामले नेपाली राजनीतिको पुस्तान्तरण अब उल्टाउनै नसक्ने गरी भएको दाबी गरेका छन् । ४० बर्ष मुनिका सांसद १०२ जना अर्थात् करिब ३८ प्रतिशत हुनु भनेको नेपाली राजनीतिले अब डिजिटल र एआई युगतर्फ फड्को हानिसकेको उनका भनाई छ ।

फेसबुकमा लेखेका छन्, ‘२०८२ को आमनिर्वाचन परिणामको व्याख्या विभिन्न ढंगले लामो समयसम्म हुनेनै छ। तर एउटा सर्वस्वीकार्य तथ्य के हो भने यसले नेपाली राजनीतिको पुस्तान्तरण अब उल्टाउनै नसक्ने गरी गरेको छ १ ४० बर्ष मुनिका सांसद १०२ जना अर्थात् करिब ३८५ हुनु भनेको नेपाली राजनीतिले अब डिजिटल र एआई युगतर्फ फड्को हानिसक्यो। यो तथ्यलाई आत्मसात गर्न नसक्ने दल÷नेतृत्वको भविष्य के हुन्छ आफै बुझ्ने कुरा हो १’