देउवाले बुढानीलकण्ठको घर बेचेका हुन?


काठमाडौं, चैत ८ । नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा थप उपचारका लागि सिङ्गापुरबाट हङकङ्ग प्रस्थान गरेका छन् ।

सिङ्गापुरमा नियमति उपचार सकिएपछि थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन देउवा हङकङ्ग प्रस्थान गरेका हुन् । हङकङ्गमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकेर देउवा नेपाल फर्कने कार्यक्रम रहेको छ । देउवा दम्पत्ति करीव २० दिनदेखि उपचारका लागि सिङ्गापुरमा रहेका थिए ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते तत्कालिन कांग्रेस सभापति देउवा र तत्कालीन परराष्ट्रमन्त्री रहेकी आरजु राणामाथी सांघातिक आक्रमण भएको थियो । सांघातिक आक्रमणबाट बाँचेका देउवा दम्पत्तिलगत्तै स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए । जेनजी आन्दोलनका क्रममा देउवाको बुढानीलकण्ठस्थित घरसमेत प्रदर्शनकारीले ध्वस्त बनाएका थिए।

स्रोतका अनुसार आगजनीपछि देउवा दम्पतीले उक्त घर बिक्री गरिसकेका छन् । कुनै बेला देशको शक्तिको केन्द्र मानिने उक्त घरको हाल पुर्ननिर्माण कार्य भइरहेको छ ।