काठमाडौँ, ८ चैत । नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा निर्वाचित भएका छन् ।
महासंघको हालै सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनबाट लामा अध्यक्षमा चयन भएका हुन्। गत चैत्र ५ गते उद्घाटन भएको महासंघको अधिवेशनको बन्द सत्र ६ र ७ गते भएको थियो । गएराति निर्वाचन भएर नेफिनले आज नयाँ नेतृत्व पाएको हो ।
कुल ५४ मत मध्ये ५१ मत खसेको थियो । जसमा लामाले ३९ समुदायको मत पाएका थिए भने उनका प्रतिद्वन्दी जीवन हातेछु राईले ११ समुदायको मत पाएका थिए ।




प्रतिक्रिया