प्रधानन्यायाधीशको नियुक्तीलाई विवादित नबनाउन वरिष्ठ अधिवक्ता भट्टराईको टिप्पणी


काठमाडौं, ८ चैत्र । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले प्रधानन्यायाधीश नियुक्तीलाई विवादित नबनाउन आग्रह गरेका छन् । उनले प्रधानन्यायाधीश नियुक्ती अनावश्यक मिडिया ट्रायल र राजनीतिक भाष्य सिर्जना गरेर विवादित बनाउने विषय नभएको भन्दै यसले न्यायपालिकालाई कमजोर बनाउने टिप्पणी गरेका छन् ।

उनले फेशबुकमा लेखेका छन्–‘प्रधानन्यायाधीशको नियुक्ती राजनितिक नियुक्ती होइन न त यो आवधिक निर्वाचनको राजनीतिक र्इच्छा अभिव्यक्त गर्ने पद नै हो । वरिस्ठता यो पदको हकदारको पहिलो शर्त विश्वभरिकै स्विकार्य मानक हो तर ठोस, प्रमाणित र बोधगम्य आधारमा पहिलो असक्षम र अनैतिक वा दोषी ठहर भएमा दोश्रो बरिस्ठता स्वतह हकदार हुनेछ। स्वतन्त्र न्यायपालिकाको यो नै एक आधारस्तम्भ हो । अनावश्यक मिडिया ट्रायल र राजनितिक भाष्य सृजना गरेर यसलाई विवादित बनाएर न्यायपालिकालाई कमजोर नबनाऔं । तर नियुक्तीपछि निरन्तर उच्चस्तरको खबरदारी र निगरानी जारी राखौं। स्मरणीय छ। १०९ दिनको आन्दोलनका योजनाकार, योद्धा र कार्यकर्ता हामी कानुन व्यवसायी नै थियौं । जोश, होश र चेतना अझै जागृत छ।’