“स्ट्रेट अफ हर्मुज” खुला गर्न इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको ४८ घण्टाको अल्टिमेटम


काठमाडौं, ८ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘स्ट्रेट अफ हर्मुज’ खुला गर्न ४८ घन्टाको अल्टिमेटम दिएका छन्। सोसल मिडिया ट्रुथ सोसियलमा पोस्ट गर्दै उनले इरानलाई ४८ घन्टाभित्र हर्मुज पूर्ण रूपमा खुला नगरे इरानका प्रमुख विद्युत उत्पादन केन्द्र ध्वस्त बनाउने धम्की दिएका छन् ।

उनले ट्रुथमा भनेका छन्,‘४८ घन्टाभित्र इरानले यदी हर्मुज पूर्ण रूपमा खुलाउँदैन भने अमेरिकाले उसका विभिन्न विद्युत केन्द्रहरू ध्वस्त पार्नेछ। र त्यसको सुरूवात सबैभन्दा ठूलो केन्द्रबाट सुरू हुनेछ।’

इरानले हर्मुज जलमार्ग अहिले बन्द गरेको छ । यही मार्गबाट विश्व बजारमा पुग्ने २० प्रतिशतभन्दा बढी पेट्रोलियम र इन्धनजन्य पदार्थ ढुवानी हुन्छ। इरानले यो मार्ग प्रयोग गर्ने अमेरिकी र इसराइली तथा उसलाई समर्थन गर्ने देशका जहाजहरूलाई निशाना बनाएर आक्रमण गरिरहेको छ।