काठमाडौं, ८ चैत्र । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आगामी अधिवेशनको तयारीको लागि छलफल गरेका छन् । छलफलमा राष्ट्रिय सभा उपाध्यक्ष र समिति सभापतिको निर्वाचनको विषयमा पनि कुराकानी भएको बताईन्छ ।
यस्तै, नवनिर्वाचित सदस्यहरुको समिति विभाजन लगायतका विषयमा पनि आजको बैठकमा छलफल भएको छ । बैठकमा भर्खरै निर्वाचित भएका महन्थ ठाकुर, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, प्रमुख सचेतक, सचेतक र प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।





प्रतिक्रिया