निर्वाचन आयोगले प्रधानमन्त्रीलाई बुझायो मत परिणामसहितको प्रतिवेदन


काठमाडौँ, ८ चैत । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मत परिणामसहितको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस गरेको छ ।

आज (आइतबार) कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरू डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतलगायतका पदाधिकारी बालुवाटार पुगेर प्रतिवेदन पेस गरेका हुन् ।

उक्त समारोहमा गृहमन्त्री ओमप्रकाश अर्याल र कानुनमन्त्री अनिलकुमार सिन्हा लगायतको उपस्थिति रहेको थियो । आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन यसअघि नै राष्ट्रपति रामचन्द्र पौडेलललाई बुझाइसकेको छ ।