काठमाडौं, चैत ९ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले राज्यले दिने सेवा सुविधाहरूमा सबै नागरिकका लागि समान हुनुपर्ने बताएका छन्। राज्यको सेवा सुविधामा विभेद हुन नहुने बताउँदै उनले विभेद भएमा कसैले पनि नलिन नहुने तर्क गरे।
‘राज्यको सेवा सुविधामा विभेद हुनु हुँदैन है! नत्र कसैले पनि नलिनु राम्रो! कसैले लिने कसैलाई नदिने गर्नु हुन्न!’ साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन् ।
त्यस्तै, उनले एसपीपी (राज्य साझेदारी कार्यक्रम) पास गरेर अमेरिकन आर्मीको बेस बनाउन दिएको भए नेपालमा पनि इरानी मिसायल पडकिने रहेछ भन्दै अव ऋण निकालेर भएपनि लुक्नलाई बङ्कर खन्न व्यङ्ग्य गरेका छन् ।




प्रतिक्रिया