काठमाडौं, चैत ९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले चैत १३ गते राष्ट्रपति कार्यालय शितल निवासमा प्रधानमन्त्री पदको शपथ लिने भएका छन् । सोही अनुसार राष्ट्रपति कार्यालयले शपथ ग्रहण कार्यक्रमका लागि आवश्यक तयारी अघि बढाएको छ।
प्रारम्भमा रास्वपाले शपथ ग्रहण कार्यक्रम शीतल निवास बाहिर आयोजना गर्ने योजना बनाएपनि राष्ट्रपति कार्यालय त्यसमा सहमत नभएपछि शपथ कार्यक्रम शीतल निवासभित्रै हुने भएको हो। रास्वपाले चैत १३ गते शपथ कार्यक्रमका लागि राष्ट्रपति कार्यालयलाई औपचारिक पत्रसमेत पठाइसकेको छ।
राष्ट्रपति कार्यालयका अनुसार शीतल निवास परिसरमै आवश्यक संरचना तयार गरेर शपथको कार्यक्रम गर्न गर्ने तयारी रहेको छ । यसअघि भदौ २४ गते भएको आगजनीका कारण राष्ट्रपति कार्यालयको केही भाग क्षतिग्रस्त भएका कारण रास्वपाले शपथ कार्यक्रम बाहिर गर्नेबारे राष्ट्रपति कार्यालयसँग छलफल गरेपनि राष्ट्रपति बाहिर गएर शपथ गराउने चलन नरहेको बताउँदै अन्ततः शीतल निवासमै शपथको तयारी भइरहेको हो ।




प्रतिक्रिया