काठमाडौं, ९ चैत्र । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भीम आचार्यसँग अढाई लाख रुपैयाँ धरौटी माग गरेको छ ।
आज (सोमबार) न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आचार्यलाई साढे दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । आज थुनछेक आदेश भएको हो।
हिजोमात्रै अख्तियारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा भएको अनियमिततालाई लिएर दोस्रो मुद्दा दायर गरेको छ । पूर्वसचिव केदारबहादुर अधिकारीसहित विभिन्न व्यक्तिहरुविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दामा अभियोगपत्र दर्ता गराएको छ । file photo




प्रतिक्रिया