काठमाडौं, चैत १० । हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसरा उक्त प्रभावले आज पनि कोशी, मधेस र लुम्बिनी प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागमा बादल लागेको छ ।
आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । त्यस्तै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा साथै कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।




प्रतिक्रिया