काठमाडौं, चैत १० । उज्यालो नेपाल पार्टीका केन्द्रीय समिति सदस्य इन्जिनियर किरण केसीलाई पार्टीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा नियुक्त गरिएको छ। सोमबार सम्पन्न पार्टीको उच्चस्तरीय बैठकबाट उक्त निर्णय गरिएको हो ।
इन्जिनियर केसी पार्टीभित्र रणनीतिक योजना तथा संगठन विकासमा सक्रिय र प्रभावशाली भूमिका निर्वाह गर्दै आएका छन्। उनको यो नियुक्तिले पार्टीको प्रशासनिक कार्यक्षमता अभिवृद्धि गर्दै समग्र लक्ष्य प्राप्तिमा नयाँ ऊर्जा थप्ने विश्वाससहित पार्टीको संगठनात्मक नेतृत्वलाई थप सुदृढ बनाउने उज्यालो नेपालको अपेक्षा छ।
नियुक्तिपछि आफ्नो पहिलो प्रतिक्रिया दिँदै केसीले आफूलाई दिइएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै पार्टी र देशको हितमा समर्पित भएर काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनले एकता, पारदर्शिता र प्रगतिशील नीतिमार्फत दीर्घकालीन राष्ट्रिय विकासमा योगदान पु¥याउने कुरामा जोड दिएका छन्।




प्रतिक्रिया