काठमाडौं, १० चैत्र । प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र भदौ २४ गतेको घटनाको बारेमा छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्नेगरि छलफल थालेकी छिन् । जाँचबुझ आयोगका पदाधिकारीले दुई साताअघि नै प्रतिवेदन प्रधानमन्त्री कार्कीसमक्ष पेश गरिसकेको छ ।तर, प्रधानमन्त्रीले उक्त प्रतिवेदन सार्वजनिक गर्ने कुनै सुरसार कसेकी थिईनन् ।
बरु, यो बीचमा विभिन्न राजनीतिक दल र जेनजी आन्दोलनमा नै सरिक भएका अभियन्ताहरुले नै तत्काल प्रतिवेदन सार्वजनिक गर्न दबाव बढाए । अहिलेपनि माइतघीरलगायत विभिन्न कलेजहरुमा आयोगको प्रतिवेदन चाँडो सार्वजनिक गरिनुपर्ने माग राखेर प्रदर्शन भइरहेका छन् । उता, प्रधानमन्त्री कार्की भने आफ्नो जिम्मेवारीबाट विदा हुने तयारीमा छिन् ।
यही चैत्र १३ गते रास्वपाका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । रामनवमीको दिन पारेर शाहको शपथ राखिएको छ । प्रधानमन्त्री कार्कीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पनि करिब करिब खाली गरिसकेकी छिन् । उनी आज÷भोलिभित्रै धापासी जान मिल्नेगरि तयारी अवस्थामा छिन् ।
चौतर्फी दबाब बढेको र रास्वपाका नेताहरुले समेत जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्दा राम्रो हुन्छ भन्ने आग्रह गरेपछि प्रधानमन्त्री आजबाट परामर्शमा जुटेकी छिन् । उनले आफ्नो क्याविनेटका केही सदस्यहरुसँग प्रतिवेदन सार्वजनिक गर्ने विषयमा परामर्श गरेको बताईन्छ । प्रतिवेदन आज/भोलिभित्रै सार्वजनिक हुने चर्चा छ । तर, प्रधानमन्त्रीको सचिवालयले भने अहिले परामर्शमा रहेको भन्दै कुनै निर्णय नलिईएको स्पष्ट पारेको छ । file photo




प्रतिक्रिया