नेप्से परिसूचक लगातार चार दिन बढ्दै २९६० विन्दुमा बन्द


काठमाडौँ, १० चैत । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा वृद्धि भएको छ । आज नेप्से परिसूचक २३ दशमलव ८३ अङ्कले बढेर दुई हजार ९६० दशमलव ४० को बिन्दुमा पुगेको छ ।

सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि सामान्य रूपमा बढेका छन्। नेप्से बढेपनि कारोबार रकम भने सोमबारको तुलनामा केही घटेको छ।

३४१ स्टकको १ लाख २६ हजारभन्दा बढी पटकको कारोबारमा करिब १४ अर्ब ८३ करोड रुपैयाँबराबरको ३ करोड ५८ लाख कित्ता शेयर किनबेच भएको छ।

आज सलपा विकास बैङ्क लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, हिमालयन पावर पार्टनर र भुजुङ हाइड्रोपावर सहित ५ स्टक सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्।

कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी लिमिटेड शीर्ष स्थानमा रह्यो भने एपीआई पावर कम्पनी र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी पनि उच्च कारोबार भएका कम्पनीमध्ये परेका छन्। १३ उपसमूहमध्ये ८ उपसमूह बढ्दा ५ उपसमूह घटेका छन् र व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै बढेको छ।