उदाउँदो सूर्यलाई अर्घ्य दिइ चैती छठको समापन


काठमाडौं, चैत ११ । श्रद्धा, निष्ठा र लोक आस्थाको महापर्व चैती छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य  दिएसँगै विधिवत् रूपमा समापन भएको छ । तराई – मधेशसहित प्राचिन मिथिलामा आज बिहान जलाशयमा व्रतालुहरूले अँजुलिभरी जल र प्रसाद लिएर सूर्यदेवको आराधना गरेका छन् ।

चैत शुक्ल चतुर्थीका दिन नहाय खायु विधिबाट सुरु भएको यो महापर्व चार दिनसम्म चलेको थियो । मंगलबार षष्ठी तिथिका दिन व्रतालुहरूले दिनभर निराहार उपवास बसी साँझपख अस्ताउँदो सूर्यलाई ‘सँझिया अर्घ’ अर्पण गरेका थिए ।

सन्तान प्राप्ति, चर्म रोगबाट मुक्ति र पारिवारिक सुख समृद्धिको कामना गर्दै मनाइने यो पर्व यस बर्ष पनि भव्यरुपमा सम्पन्न भएको छ। यस महापर्वमा सूर्यदेव र षष्ठी देवी (छठी माइ)को उपासनाका लागि ठेकुवा, भुसवा जस्ता पकवानका साथै केरा, उखु, सुन्तला, बेसारको बोट, मूला र सुथनी जस्ता स्थानीय कृषि उपजलाई प्रसादको रूपमा चढाइन्छ ।

वर्षमा दुई पटक (कात्तिक र चैत) मनाइने छठ मधेशको लोक संस्कृतिको अभिन्न अंग मानिन्छ । सामान्यतया कात्तिकको तुलनामा चैती छठ मनाउनेहरूको संख्या केही कम हुने भए पनि पछिल्ला वर्षहरूमा यसप्रति जनसहभागिता र श्रद्धा उल्लेखनीय रूपमा बढ्दै गएको छ। र्षाको सम्भावना