करिब १ सय ७१ किलो गाँजासहित एकजना पक्राउ


काठमाडौँ, ११ चैत । मकवानपुरको मनहरी गाउँपालिका-९ खरङगा हरियाली सामुदायिक जंगलको भित्री बाटोबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७१ किलो २१ ग्राम सहित राक्सिराङ गाउँपालिका-४ सितताक बस्ने २० वर्षीय अक्कल प्रसाद स्याङतानलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले भाबरबाट मनहरीतर्फ आउँदै गरेको बा।१३ च २०१४ नम्बरको गाडीलाई जाँच गर्दा २७ वटा प्याकेटमा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक अक्कल प्रसादलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।