काठमाडौं, ११ चैत्र । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग फोन वार्ता गरेका छन् । गोरले लामिछानेसँग हिजो (मंगलबार) फोन गरी २१ फागुनमा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा प्राप्त जितका लागि रास्वपालाई बधाई दिएका छन् ।
नेपालस्थित् अमेरिकी दूतावासले अमेरिकी विशेष दूत सर्जिलो गोर र लामिछानेबीच सम्वाद भएको र सो सम्वादको क्रममा अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै दुई देशबीच रहेको आर्थिक साझेदारीको सुदृढीकरण गर्न र दुई देशबिचको मित्रतालाई अझ गहिरो बनाउन उत्सुक रहेको कुरा जनाएको छ ।




प्रतिक्रिया