जबरजस्तीकरणी गरेको अभियोगमा पक्राउ



कञ्चनपुर,११ चैत । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेल्डाँडी गाउँपालिका-५ राधापुर बस्ने २२ वर्षीय सन्तोष रानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सन्तोषले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।