वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाडौं, ११ चैत । वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका-४ माकलबारी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-७ घर भएका ४४ वर्षीय शिवराज कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौं महानगरपालिका-१५ स्वयम्भूबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।