भरूवा बन्दुकसहित एकजना पक्राउ



सिन्धुली, ११ चैत । गोलन्जोर गाउँपालिका-५ नयाखर्क बस्ने ५६ वर्षीय मङ्गले जेठो भनिने मणिलाल तामाङलाई भरूवा बन्दुक १ थान र जरायोको सिङ सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुली र प्रहरी चौकी गढीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।