अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहारमा संलग्न २० जना महिलाहरू पक्राउ


काठमाडौं, ११ चैत । अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहारमा संलग्न गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने युगाण्डा घर भएकी ३४ वर्षीया NAFUNA BRENDA समेत २० जना महिलाहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको ठमेलमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई केही व्यक्तिहरूले सार्वजनिक स्थानमै अवैध रूपमा पैसामा बार्गेनिङ गरी यौन धन्दा व्यवसाय सञ्चालन गरी बाटो हिँड्ने सर्वसाधारण मानिसहरूलाई समेत दु:ख हैरानी दिने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका-२६ ठमेल फायरचोकबाट पक्राउ गरेको हो ।

उनीहरू उपर अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १२ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।