काठमाडौं, ११ चैत्र । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले जेनजी आन्दोलनको क्रममा भदौ २४ गते आफू बस्दै आएको भाडाको निवास र चितवनको घरमा तोडफोड, आगजनी र लुटपाट भएको बताएका छन् । काठमाडौंमा आफ्नै घर नभएको र छोरी गंगा दाहालको घरमा अवैध नगद भेटिएको भन्ने प्रचार निराधा भएको दाहालको दाबी छ ।
भदौ २३ र भदौ २४ गतेको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगसमक्षा प्रचण्डले दिएको बयानमा यो कुरा उल्लेख गरिएको छ । उनले भदौ २४ गते अपरान्हपछि आफू सुरक्षा निकायको सुरक्षामा बसेको कुरा पनि उल्लेख गरेका छन् । उनले भदौ २४ गते सिंहदरबार, शीतलनिवास, संसद् भवन, सर्वोच्च अदालत, विभिन्न सरकारी तथा निजी भवनहरुमा भएको तोडफोड, आगजनी र लुटपाट केवल सरकारविरुद्धको आक्रोश मात्र नभई व्यवस्थामाथि नै प्रहार गर्ने नियोजित प्रयास थियो भन्ने आफ्नो धारणा आयोगसमक्ष राखेका छन् ।
उनले आफ्नो दलले जियनजेड आन्दोलनको भावनालाई समर्थन गरेपनि हिंसात्मक गतिविधिमा संलग्नता नभएको दाबी गरेका छन् । उनले आफ्नो पार्टीसँग सम्बन्धित कोही व्यक्ति कानूनविपरित क्रियाकलापमा संलग्न भएको प्रमाािण्त भए उसले कानूनी कारबाही भोग्नुपर्छ भन्ने धारणा राखेका छन् ।





प्रतिक्रिया