काठमाडौं, चैत १२ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव (पिए) आदर्श श्रेष्ठले प्रकृति संरक्षण कोष (एनटिएनसी)को अध्यक्षको पदभार सम्हालेका छन् । श्रेष्ठ बुधबार एनटिएनसीको कार्यालय खुमलटार पुगेर पदभार ग्रहण गरेका हुन् ।
श्रेष्ठलाई सदस्यसचिव डा. नरेश सुवेदीले स्वागत गरेका थिए । जननिर्वाचित सरकार गठनको तयारी भइरहँदा प्रधानमन्त्री कार्कीले गत १ चैतमा श्रेष्ठलाई पाँच वर्षका लागि कोषको अध्यक्ष बनाएकी थिइन् । प्रधानमन्त्री कोषको संरक्षक रहने व्यवस्था राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ मा छ । त्यस्तै, सरकारका वनमन्त्री स्वतः कोषको अध्यक्ष रहने परम्परा छ । तर, नयाँ सरकार गठनसँगै नयाँ मन्त्री आउने पूर्वसन्ध्यामा संरक्षक कार्कीले पिएलाई नै कोषको अध्यक्ष बनाएकी हुन् ।
श्रेष्ठ ६ महिनाअघि मात्र सर्वोच्च अदालतमा करारबाट नायब सुब्बास्तरको कम्प्युटर अपरेटर थिए । जेन–जी विद्रोहबाट तत्कालीन सरकार ढलेपछि प्रधानमन्त्री बनेकी कार्कीले वनमन्त्री माधव चौलागाईंलाई कोषको अध्यक्षको जिम्मेवारी दिएकी थिइनन् । आलोचनाबिच श्रेष्ठले बुधबार पदभार ग्रहण गरेका हुन् ।
श्रेष्ठको अधिनमा काम गर्ने उच्चपदस्थ विज्ञहरूको नामावली-
- Dr Ram Prasad Chaudhary – Retired TU Professor/ past planning commission member
- Dr Shambhu Dahal – Forestry, Phd
- Rekha Ghimire – Business women
- Jai Krit Rana – Businessman
- Bijay Kumar Singh, Phd Forestry
- Peter Bode – past US Ambassador to Nepal
- Hon. William Stonor, Member of the UK house of lords, The Lord Camoy.
- Cas de Stoppelaar – Dutch diplomat / author/ Honorary Consul General of Nepal in the Netherlands
- Secretary of Forest & Environment ministry,
- Secretary of Tourism Ministry
- Secretary of Ministry of Finance
- Dr Shubh Narayan Mahato, Phd. Veterinarian / Past Director General Debt of Livestock.




प्रतिक्रिया