काठमाडौं, चैत १२ । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीयसमिति बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो ४ बजे बस्ने बैठकमा संसदीय दलको नेता छनोट र विविध एजेण्डबारे छलफल गर्न लागेको जनाएको छ । बैठकपछि संसदीय दलको बैठक बसेर नेता चयन गरिनेछ ।
रास्वपाले केन्द्रीय समिति र संसदीय दलको बैठक गरेर संसदीय दलको नेतामा बालेन्द्र साहलाई नेता चयन गर्ने बताइएको छ ।आज संसदीय दलको नेता चयन भएपछि भोलि शुक्रबार बालेनले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने छन् ।




प्रतिक्रिया