काठमाडौं, चैत १२ । दार्चुलाको मुराई आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान ८ः३२ बजे चार म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का दार्चुला जिल्लाका विभिन्न स्थानका साथै आसपासका क्षेत्रहरूमा समेत महसुस गरिएको थियो । यसअघि चैत ९ गते जिल्लाको मुराई आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।
त्यस्तै, त्यसअघि चैत ३ गते जिल्लाको सितौला आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले पु¥याएको क्षतिबारे विवरण प्राप्त भएको छैन् ।




प्रतिक्रिया