काठमाडौं, चैत १२ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा २ हजार ९ सय रुपैयाँले घटेर २ लाख ८५ हजार ६ सय रुपैयाँ कायम भएको हो ।
अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन तोलामा २ लाख ८८ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ४ हजार ९२० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर ४ हजार ८२० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।




प्रतिक्रिया