काठमाडौं, १२ चैत्र । नेपाली कांग्रेसले पनि नवनिर्वाचित सांसदहरुलाई अभिमुखीकरण दिने भएको छ । यसअघि रास्वपाले नवनिर्वाचित सांसदहरुलाई अभिमुखीकरण दिईसकेको छ । कांग्रेसले भने प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरुलाई संयुक्त रुपमा अभिमुखीकरण दिने भएको हो ।
२१ फागुनमा सम्पन्न निर्वाचनमा कांग्रेसले प्रत्यक्ष र समानुपातिकतर्फ गरी ३८ जितेको छ । यस्तै, राष्ट्रिय सभामा ९ जना सदस्य छन् । उनीहरुलाई यही चैत्र १४ गते शनिबार अभिमुखीकरण दिने तयारी छ।




प्रतिक्रिया