जाँचबुझ आयोगको प्रतिवेदनलाई लिएर बारले बोलायो सल्लाहकार समितिको बैठक


काठमाडौं, १२ चैत्र । नेपाल बार एशोसिएनले सल्लाहकार समितिको बैठक बोलाएको छ । भदौ २३ र २४ को घटनासँग सम्बन्धित छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै बार एशोसिएनले सल्लाहकार समितिको बैठक बोलाएको हो । जाँचबुझ आयोगले कानुन व्यवसायप्रति दुर्भावना फैलाउने धारणा व्यक्त गरेको बारको बुझाई छ । बैठक आज दिउँसो १ बजे बार एसोसिएसनको भवनमा बस्ने भएको छ ।