काठमाडौं, १२ चैत्र । नेकपा (एमाले) ले नवनिर्वाचित सांसदहरुको बैठक बोलाएको छ । २१ फागुनमा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा एमालेबाट प्रत्यक्ष र समानुपातिकतर्फ गरी २५ जना सांसद निर्वाचित भएका छन् ।
एमालेले प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै तर्फका सांसदहरुको संयुक्त बैठक आज दिउँसो ३ बजेको लागि बोलाएको छ । बैठक पार्टी मुख्यालय च्यासलमा बस्ने भनिएको छ ।
संयुक्त सांसदहरूको बैठक आह्वान गरिएको र उनीहरुलाई अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समसामयिक राजनीतिक परिस्थितिको बारेमा ब्रिफिङ गर्नुको साथै केही महत्वपूर्ण निर्देशन दिने बताईएको छ ।




प्रतिक्रिया