काठमाडौँ, १२ चैत । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। बुधबार घटेर बन्द भएको नेप्से बिहीबार १४.२१ अंकले बढेर २९५०.१६ विन्दुमा पुगेको छ। यसैगरी, सेन्सेटिभ इन्डेक्स १.९८ अंक, फ्लोट इन्डेक्स १.०३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७२ अंकले वृद्धि भएको छ।यद्यपि, नेप्से बढ्दा पनि कारोबार रकम सामान्य घटेको छ।
३४३ स्टकको १ लाख ४२ हजार ७३४ पटकको कारोबारमा १३ अर्ब १६ करोड २२ लाख ९९ हजार रुपैयाँ बराबरको ३ करोड ४ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज रिलायन्स स्पिनिङ्ग मिल्स, सुपर खुदी हाइड्रोपावर, होटल फरेष्ट इन, सोलु हाइड्रोपावर र भुजुङ्ग हाइड्रोपावरका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । नेशनल हाइड्रोपावर र रिडी पावर कम्पनीका शेयर ६ प्रतिशतभन्दा बढी बढेका छन् भने शुभम् पावरको शेयर करिब ६ प्रतिशतले वृद्धि भएको छ। पञ्चकन्या माइ हाइड्रोपावरको शेयर मूल्य यस दिन सर्वाधिक ७.४८ प्रतिशतले घटेको छ। कारोबार रकमको आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा छ।
आज सो कम्पनीको ९४ करोड २९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। एसवाई प्यानल नेपाल करिब ७२ करोड रुपैयाँको, र नेशनल हाइड्रोपावर ४६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
१३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको घटेको छ। जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूह १.५ प्रतिशतले वृद्धि भएको छ। व्यापार उपसमूहको परिसूचक २.८४ प्रतिशतले घटेको छ। म्युचुअल फण्ड उपसमूहको परिसूचक स्थिर रहेको छ।




प्रतिक्रिया