काठमाडौं, १२ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ । रास्वपाले आजको बैठकमार्फत वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेतामा चयन गर्ने भएको छ । शाहले भोलि (शुक्रबार) प्रधानमन्त्रीको शपथ लिने तय भएको छ ।
त्यसअघि रास्वपाले केन्द्रीय समितिको बैठकमार्फत शाहलाई दलको नेता नियुक्त गर्न लागेको हो । रास्वपामा प्रवेश गरेपछि शाह आज पहिलोपटक केन्द्रीय समितिको बैठकमा सरिक भएका हुन् । आजमात्रै प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनियताको शपथ खाएका छन् ।





प्रतिक्रिया