काठमाडौं, १२ चैत । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने बंगलादेश पाबना घर भएका २९ वर्षीय MD SHEHABUL ISLAM लाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं ठमेलबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले ३० लाख ४९ हजार ७ सय ३६ रूपैयाँ ९३ पैसा बराबरको USDT लगायत अभौतिक मुद्राको कारोबार गरेको खुल्न आएको छ । साथै प्रहरीले उनको साथबाट नगद ६० हजार रूपैयाँ, सिमकार्ड ९ थान, मोबाइल २ थान, विभिन्न बैंकको एटिएम ७ थान, विभिन्न बैंकको चेकबुक ३३ थान लगायतका सरसामान समेत बरामद गरेको छ ।
उनी उपर अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया