बालेन शाह प्रधानमन्त्रीमा नियुक्त


काठमाडौं, १३ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाका सदस्य वालेन्द्र शाहलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेका छन् ।

शाह हिजोमात्रै रास्वपाको संसदीय दलको नेतामा सर्वसम्मत् रुपमा चयन भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएका शाहले पद तथा गोपनियताको शपथ आज अपरान्ह १२ः३४ बजे लिने तय भएको छ ।