काठमाडौं, १३ चैत्र । सर्लाही–४ बाट निर्वाचित डा. अमरेशकुमार सिंहपनि मन्त्री बन्ने भएका छन् । रास्वपाका वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा बन्ने सरकारमा सिंहको पनि सहभागिता सुनिश्चित् भएको छ ।
सिंहलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा दिईने भएको छ । २१ फागुनको निर्वाचनमा होमिँदा नै सिंहले आफू बालेन शाहको नेतृत्वमा बन्ने शक्तिशाली सरकारको शक्तिशाली मन्त्री बन्ने दाबी गरेका थिए ।
रास्वपाको नेतृत्वले सिंहलाई उद्योग मन्त्रालयको नेतृत्वमा पठाउने निश्चित् गरेको बताईन्छ । यद्धपी मन्त्रीहरुको नाम अहिले सार्वजनिक गरिएको छैन ।




प्रतिक्रिया