सोबिता गौतमलाई कानून मन्त्रालयको जिम्मा


काठमाडौं, १३ चैत्र । रास्वपाले सांसद सोबिता गौतमलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्री बनाएको छ । रास्वपाका वरिष्ठ नेता बालेन शाह केहीबेरअघि प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई संविधानको धारा ७६ को १ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री शाहले आजै पूर्ण क्षमताको मन्त्रिमण्डल गठन गर्ने भएका छन् । रास्वपाले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम तय गरिसकेको छ । गृहमन्त्रीमा सुधन गुरुङ, अर्थमा डा. स्वर्णिम वाग्ले, परराष्ट्रमा शिशिर खनाल र उद्योगमा डा. अमरेशकुमार सिंहको नाम तय भएको छ ।