यी हुन् बालेन सरकारका मन्त्रीहरू, कसलाई कुन मन्त्रालय ?


काठमाडौं, १३ चैत्र। प्रधानमन्त्री बालेन्द्र शाहले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् । रास्वपाका वरिष्ठ नेता शाह आजै प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनको पद तथा गोपनियताको शपथ अपरान्ह १२ः३४ बजे तय भएको छ । प्रधानमन्त्रीमा नियुक्त शाहले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिएको बताईन्छ ।

रास्वपाले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुँगो लगाएको छ । मन्त्रालयहरु गाभेर १५ मा झारिएको छ । रास्वपाले १५ जना मन्त्रीहरुको नाम नै तय गरिसकेको छ । शक्तिशाली सरकारको गृहमन्त्रीमा सुधन गुरुङ, अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रालयको जिम्मा शिशिर खनाललाई सुम्पिएको छ । यस्तै, रक्षा मन्त्रालय भने प्रधानमन्त्री शाहले नै राखेको बताईन्छ ।

१. बालेन शाह, प्रधानमन्त्री

२. स्वर्णिम वाग्ले, अर्थमन्त्री

३. विराजभक्त श्रेष्ठ, ऊर्जा मन्त्री

४. शिशिर खनाल, परराष्ट्र मन्त्री

५. सोबिता गौतम, कानुन मन्त्री

६. सुधन गुरूङ, गृहमन्त्री

७. अमरेश सिंह, उद्योग मन्त्री

८. प्रतिभा रावल, सामान्य प्रशासन मन्त्री

९. गीता चौधरी, कृषि मन्त्री

१०. विक्रम तिमिल्सिना, सञ्चार मन्त्री

११. सस्मित पोखरेल, शिक्षा मन्त्री

१२. दीपक साह, श्रम मन्त्री

१३. खड्क पौडेल (गनेश), पर्यटन मन्त्री

१४. सीता वादी, महिला तथा बालबालिका मन्त्री

१५. निशा मेहता, स्वास्थ्य मन्त्री