प्रधानमन्त्री शाहलाई महेश बस्नेतको बधाई, सफल कार्यकालको शुभकामना


काठमाडौं, १३ चैत्र । नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । उनले नयाँपनसहितको युवा नेतृत्वलाई स्वागतयोग्य भनेका छन् । उनले प्रधानमन्त्री र मन्त्रीहरुलाई देशले नयाँ अवसर दिएको भन्दै अब जिम्मेवारी प्रमाणित गर्ने काँधमा आएको स्मरण गराएका छन् ।

उनले लेखेका छ्न–
नव गठित सरकारका प्रधानमन्त्री बालेन्द्र साह सहित उहाँको नेतृत्वको मन्त्री मण्डललाई हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।
नयाँपन, युवा नेतृत्व स्वागतयोग्य छ । आजको दिनमा युवा मन्त्री मण्डल आशा पनि र परीक्षा पनि हो । त्यसैले देशले अवसर दिएको छ, अब जिम्मेवारी प्रमाणित गर्ने पालो तपाईहरुको काधमा छ ।
अबसर सँगै चुनौतीहरू पनि उत्तिकै गम्भीर हुन्छन् । अनुभवको कमीलाई सिकाइ र परिपक्व निर्णयबाट पूर्ति गर्दै, हरेक कदम समालिएर अघि बढ्नुहोला ।
स्थिरता, विकास र समृद्धिको जनताको एजेन्डा पुरा गर्न यो टिमले परिणाम दिन सक्नुपर्छ ।
जिम्मेवारीको गहिराइ बुझेर, संयमता र दृढतासाथ सन्तुलन कायम गर्दै , सत्ता अवसर हैन उत्तरदायित्व हो भन्ने मनन गरेर अगाडि बढ्नुहोला ।
अनुभव र ऊर्जा मिलाएर साबै पक्ष सँग सहकार्य गर्दै अघि बढे मात्र जनताको भरोसा अझ बलियो हुन्छ।
सकरात्मक निर्णय र पहलको निमित्त साबधानी सहित साथ र सहयोगी भुमिकामा हुनेछौं , हार्दिक शुभकामना।