मन्त्रिपरिषद्को बैठक बस्दै


काठमाडौं, १३ चैत्र । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दैछ । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्ने भएको हो ।

शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् बनेको छ । नवनियुक्त मन्त्रीहरुले शपथ खाएलगत्तै सिंहदरबार पुगेर पदभार ग्रहण गरेका थिए । लगत्तै, उनीहरु अहिले मन्त्रिपरिषद् बैठकको लागि जम्मा हुन थालेका छन् । मन्त्रिपरिषद्को पहिलो बैठकअघि प्रधानमन्त्री शाहले पार्टी सभापति रवि लामिछानेसँग छलफल गरेका छन् ।