५ वर्ष सुशासनका लागि पूर्ण रूपमा समर्पित भएर काम गर्छु, ठोस नतिजा देखाउँछु : गृहमन्त्री गुरुङ


काठमाडौं, १३ चैत्र । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले आगामी पाँच वर्ष देशमा सुशासन कायम गर्नेगरि काम गर्ने बताएका छन् । मन्त्रीमा नियुक्त भएर पद तथा गोपनियताको शपथ खाएलगत्तै सिंहदरबारस्थित् गृह मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेपछि मन्त्री गुरुङले यस्तो बताएका हुन् ।

उनले नागरिकका गुनासाहरू अब सीधै मन्त्रालयसम्म पुग्ने व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गरे । उनले भने,‘हाम्रो सरकारले आगामी ५ वर्ष सुशासनका लागि पूर्णरूपमा समर्पित भएर काम गर्ने र छिट्टै ठोस नतिजा देखाउनेछ ।’ उनले अब देश जेन–जी जनादेश अनुसार अघि बढ्ने विश्वास दिलाए । मन्त्री गुरुङले गलत गर्ने कसैले छुट नपाउनेपनि बताए । file photo