प्रधानमन्त्री शाहसमक्ष महान्यायाधिवक्ता भण्डारीले बुझाईन् राजीनामा


काठमाडौं, १३ चैत्र । महान्यायाधिवक्ता सविता भण्डारीले राजीनामा दिएकी छिन् । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर उनले आज राजीनमा बुझाएकी हुन् ।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले भण्डारीलाई भदौ २९ गते महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् । महान्यायाधिवक्ताको रुपमा उनको छोटो कार्यकाल एकदमै विवादित बनेको थियो ।