ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ



काठमाडौं, १३ चेत । ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ कसुर मुद्दाका फरार २ जना प्रतिवादीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने काभ्रेपलाञ्चोक घर भएका ५८ वर्षीय कृष्ण प्रसाद दंगाल र कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने चितवन घर भएकी २८ वर्षीया सरिता गुनी रहेका छन् ।

उक्त मुद्दामा जिल्ला अदालत धनुषाबाट पक्राउ अनुमति जारी भई फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका-८ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको छ ।